माओवादी केन्द्रको गण्डकी प्रदेशमा गायत्री गुरुङ अध्यक्ष निर्वाचित


खबरस्टोरी संवाददाता
९ चैत्र २०७८, बुधबार
माओवादी केन्द्रको गण्डकी प्रदेशमा गायत्री गुरुङ अध्यक्ष निर्वाचित
पोखरा । नेकपा (माओवादी केन्द्र) को गण्डकी प्रदेशको बुधबार राती सम्पन्न निर्वाचनबाट गायत्री गुरुङ अध्यक्ष निर्वाचित भएकी छन् । 

अधिवेशनले तीन उपाध्यक्ष, सचिव एक, सहसचिव तीन र एक कोषाध्यक्ष चयन गरेको छ । 

माओवादी केन्द्रको गण्डकी प्रदेश उपाध्यक्षमा पर्वतका गुणाखर बस्याल, बाग्लुङका ज्ञाननाथ गैरे र नवलपुरका मित्रशरण शर्मा चुनिएका छन् भने सचिवमा गोरखाका जगन्नाथ खनाल निर्वाचित भएका छन् । 

यस्तै, सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने(तनहुँ), मेखबहादुर भण्डारी(लम्जुङ) र टेकबहादुर बिक (म्याग्दी) चुनिए भने कोषाध्यक्षमा स्याङ्जाका तारा भुसाल निर्वाचित भएका छन् । 

गत मंसिरमा सम्पन्न अधिवेशनले उनको नेतृत्वमा २२९ सदस्यीय प्रदेश समिति बनाउने निर्णय गरेको थियो तर पदाधिकारी भने चयन हुन सकेको थिएन ।