अधिवेशनले तीन उपाध्यक्ष, सचिव एक, सहसचिव तीन र एक कोषाध्यक्ष चयन गरेको छ ।
माओवादी केन्द्रको गण्डकी प्रदेश उपाध्यक्षमा पर्वतका गुणाखर बस्याल, बाग्लुङका ज्ञाननाथ गैरे र नवलपुरका मित्रशरण शर्मा चुनिएका छन् भने सचिवमा गोरखाका जगन्नाथ खनाल निर्वाचित भएका छन् ।
यस्तै, सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने(तनहुँ), मेखबहादुर भण्डारी(लम्जुङ) र टेकबहादुर बिक (म्याग्दी) चुनिए भने कोषाध्यक्षमा स्याङ्जाका तारा भुसाल निर्वाचित भएका छन् ।
गत मंसिरमा सम्पन्न अधिवेशनले उनको नेतृत्वमा २२९ सदस्यीय प्रदेश समिति बनाउने निर्णय गरेको थियो तर पदाधिकारी भने चयन हुन सकेको थिएन ।