मोटरसाइकल र साइकल ठोक्किदा २ जनाको मृत्यु


खबरस्टोरी संवाददाता
१७ असार २०७९, शुक्रबार
मोटरसाइकल र साइकल ठोक्किदा २ जनाको मृत्यु
दाङ । दाङको घोराहीमा मोटरसाइकलले दुई वटा साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकसहित दुई जनाको मृत्यु भएको छ । 

घोराहीदेखि सौंडियारतर्फ जाँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले बिहीबार राति घोराही ७ बेसाईमा दुईवटा साइकललाई ठक्कर दिँदा एक साइकल यात्रीको पनि मृत्यु भएको छ । 

दुर्घटनामा मोटरसाइकल चालक दाङ घोराहीका ३५ वर्षीय गंगाबहादुर कुँवर 

र साइकल चालक घोराही १५ का १७ वर्षीय रितेश केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

दुर्घटनामा घाइते भएका दुबै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालले बताए ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार घोराही ७ का ३८ वर्षीय बसन्त चौधरी र साइकल यात्री घोराही १५ का विनोद भण्डारीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।