मोटरसाइकलको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु


खबरस्टोरी संवाददाता
२४ असार २०७९, शुक्रबार
मोटरसाइकलको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु
काठमाडौँ। बाराको आर्दशकोतवाल गाँउपालिका–५ रुपवलियामा हिजो मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानिय बिल्टु रामकी ३ बर्षीया छोरी सृष्टी कुमारी रहेकी छन् । 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको बिरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा राती पौने १० बजे निधन भएको हो ।  

सिम्रौनगढबाट कोल्हबी तर्फ जादै गरेका हाल नम्बर नखुलेको मोटरसाइकलले हिजो बेलुकी पौने ८ बजे बालिकालाई ठक्कर दिएको थियो । 

दुर्घटना पछि मोटरसाइकलसहित फरार भएका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रआर्दश बाराले जनाएको छ ।