मतदान केन्द्र हटाइयो


खबरस्टोरी संवाददाता
८ पुष २०७८, बिहीबार
मतदान केन्द्र हटाइयो

डोटी । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि यहाँको मतदान केन्द्र हटाइएको छ ।  

यसअघिका दुई निर्वाचन सिलगढीमा नै सम्पन्न भएको थियो ।  

यस पटक मतदान केन्द्र सुदूरपश्चिम प्रदेशसभा भबन कैलालीमा तोकिएको छ ।