म्यादी प्रहरीको शंकास्पद मृत्यु


खबरस्टोरी संवाददाता
१६ बैशाख २०७९, शुक्रबार
म्यादी प्रहरीको शंकास्पद मृत्यु
सिमकोट । हुम्ला सदरमुकाम सिमकोटमा म्यादी प्रहरीको शंकास्पद मृत्यु भएको छ । सर्केगाड गाउँपालिका–६ घर भई हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा मृत भेटिएका हुन् । 

सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका म्यादी प्रहरी रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

झ्याल–ढोका बन्द रहेको र उनी भुईँमा मृत फेला परेको डीएसपी ओझाले बताए । घटनाबारे कारण खुल्न सकेको छैन ।