नागरिकता विधेयक फिर्ता


खबरस्टोरी संवाददाता
२५ असार २०७९, शनिबार
नागरिकता विधेयक फिर्ता
काठमाडौं । संसदमा विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठक गृहमन्त्री वालकृष्ण खाणले मन्त्रिपरिषदको निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरे ।

गृहमन्त्री खाँडले आजै बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ विधेयक ल्याउने भन्दै विचाराधीन विधेयक फिर्ता लिइएको बताए । त्यसपछि सरकारले प्रस्तुत गरेको विधेयक फिर्ताको प्रस्ताव संसदले बहुमतले पारित ग¥यो ।

यो सँगै नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट फिर्ता भएको छ । संसदमा नागरिकता ऐन संशोधन विधेयक २०७५ साल साउन २२ गतेदेखि विचाराधीन थियो।