जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथीको डाँडामा दुर्घटना भएको आशंकाका साथ खोजिकार्य भईरहँदा यात्रुका आफन्तजन सोधपुछका लागि पोखरा विमानस्थल पुगेका हुन्।
जहाजमा तीन जना चालक दलका सदस्य तथा १९ जना यात्रु छन्। जसमा ६ जना विदेशी रहेका छन्। यससँगै जहाजको खोजीका लागि नेपाली सेनाको ‘रेस्क्यू टीम’ परिचालन गर्ने तयारी भइरहेको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले अहिले मौसममा केही सुधार आएकाले खोजीका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको जनाएको छ । बिहानैदेखि सम्पर्कविहीन भएको जहाज खोज्न मौसम खराबी कारण हेलिकोप्टर परिचालन गर्न सकिएको थिएन ।
तस्विर : उमेश कँडेल