पोखरा महानगरका मेयर धनराजलाई आयोगद्धारा २४ घण्टे स्पष्टीकरण माग


खबरस्टोरी संवाददाता
१४ जेष्ठ २०७९, शनिबार
पोखरा महानगरका मेयर धनराजलाई आयोगद्धारा २४ घण्टे स्पष्टीकरण माग
काठमाडौं । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।

निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तहमा निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशत भन्दा बढी मत बदर हुन गएको भन्ने विवादास्पद  अभिव्यक्ति दिएपछि आयोगले मेयर आर्चायलाई स्पष्टीकरण सोधेको हो ।

उनलाई आयोग र आयोगका प्रमुख पदाधिकारीको सन्दर्भमा बोलेको विषय तथा श्रव्यदृश्य सामाग्रीहरु के कति कारणले अभिव्यक्त गरेको हो ? निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ र मतपत्रका कुन चिन्ह कसरी राखिन्छ भन्ने जानकारी छ, छैन भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।

यस्तै मेयर आर्चायलाई आयोगले राजनीतिक दल र सरोकारवालाहरुको सहमति तथा विज्ञहरुको राय समेतको आधारमा २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचन देखि प्रयोग गर्दै आएको आकार, प्रकार र ढाँचा बमोजिमको मतपत्रलाई लिएर आयोग र अन्य पदाधिकारी प्रति द्वेषपूर्ण अभिव्यक्ति दिनुको कारण के हो? निर्वाचन आयोगबाट विज्ञटोलीको सिफारिसमा कानून बमोजिम गरेको निर्णयलाई कुनै पदाधिकारीको एकल निर्णय करार गरी व्यक्तिगत दुराग्रह आक्षेप लगाउन मिल्छ, मिल्दैन? महानगरपालिकाको प्रमुख पदमा निर्वाचित व्यक्तिसँगकानून बमोजिम बदर भएको मतलाई आयोगको बदनियतले बदर भएको भनी पुष्ट्याई गर्ने आधार, प्रमाण र कारण के छ? भन्दै प्रष्ट पार्न निर्देशन समेत दिएको छ ।