पोखरा महानगरको मेयरमा कांग्रेसका दुई बागीले लिए मनोनयन फिर्ता


खबरस्टोरी संवाददाता
१७ बैशाख २०७९, शनिबार
पोखरा महानगरको मेयरमा कांग्रेसका दुई बागीले लिए मनोनयन फिर्ता
पोखरा । पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिएका छन् ।

नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् ।उनीहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिएका थिए ।तर, पार्टीले दिएको निर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेद्वारी फिर्ता लिएको उनीहरुले बताएका छन् ।