पोखरा विमानस्थल सुरक्षाका लागि जोखिम रुख र पोलहरु हटाइने


खबरस्टोरी संवाददाता
१४ असार २०७९, मंगलवार
पोखरा विमानस्थल सुरक्षाका लागि जोखिम रुख र पोलहरु हटाइने
काठमाडौँ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ सुरक्षाक लागि जोखिमजन्य रुख र पोलहरु हटाइने भएको छ। 

ती जोखिम अवस्थाका रुख हटाउन स्वीकृति दिने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण र वन तथा भूसंरक्षण विभागबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।