पोखरा विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध


खबरस्टोरी संवाददाता
१७ जेष्ठ २०७९, मंगलवार
पोखरा विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध
पोखरा । पोखरा विमानस्थलबाट हुने सबै उडान तथा अवतरण बन्द भएको छ । 

विमानस्थलको ट्याक्सी मार्गमा नेपाल आयल निगमको इन्धन भर्ने रिफिलिङ पल्टिएपछि विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध भएको हो । 

हवाईजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएको हो । आज पोखरामा हुने बिहानका उडानहरु अवरुद्ध बनेका हुन् ।