पोखरा । नेकपा माओवादीले पोखराको उपमेयरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की बुहारी सिर्जना त्रिपाठीलाई सिफारिस गरेको छ । ३० गते हुने स्थानीय तहको चुनावका लागि त्रिपाठी सहित ३ जना को नाम उपमेयरमा सिफारिस भएको हो ।
सोमबार बसेको नगर कमिटी बैठकले मेयरमा पनि ३ जनाकै नाम प्रदेशमा पठाएको छ । मेयरमा विश्वप्रकाश लामिछाने, जिल्ला संयोजक बखानसिंह गुरुङ र महिलामा सीता खड्काको नाम पठाईएको छ । त्रिपाठी अहिले अनेम संघ क्रान्तिकारीको केन्द्रीय सदस्य हुन् ।