पोखरियाका कुर्मीको करेन्ट लागेर मृत्यु


खबरस्टोरी संवाददाता
१२ जेष्ठ २०७९, बिहीबार
पोखरियाका कुर्मीको करेन्ट लागेर मृत्यु
बीरगञ्ज । पर्साको पोखरीया नगरपालिका–९ बैरिया बस्ने ५० वर्षीय भागिरथ राउत कुर्मीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।  

आफ्नै कुखुरा फर्म बाहिर रहेको बिजुलीको पोलको नाङगो तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।