पल्टिएको रिफ्युलर उठाएपछि पोखरा विमानस्थल पुन: सुचारु


खबरस्टोरी संवाददाता
१७ जेष्ठ २०७९, मंगलवार
पल्टिएको रिफ्युलर उठाएपछि पोखरा विमानस्थल पुन: सुचारु
पोखरा। पल्टिएको ट्याङ्कर हटाएपछि पोखरा विमानस्थलमा पुनः  जहाज उडान र अवतरण सुरू भएको छ ।  बुद्ध एयरको जहाजमा पौने ८ बजे तेल भर्न जाँदा  ‘रिफ्युलर’ पल्टिएपछि जहाज आवागमन रोकिएको थियो।  

विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीलेका अनुसार ‘पेरिमिटर रोड’ को नजिकै पल्टिएको ट्यांकर  क्रेनको सहायताबाट  हटाइसकिएको छ । ‘तेल पोखिएको हुँदा आगलागी हुन्छ कि भनेर सफा गर्न केही समय उडान रोकेका थियौं, अहिले सफा गरेपछि अहिले उडान सुरु भइसक्यो।’ उनले भने।