प्रचण्ड पत्नी दाहाल अस्पतालबाट डिस्चार्ज


खबरस्टोरी संवाददाता
११ माघ २०७८, मंगलवार
प्रचण्ड पत्नी दाहाल अस्पतालबाट डिस्चार्ज

  काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छन्। दाहाल मंगलबार नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ। 

कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि सीतालाई गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज दिएको हो ।