प्रधानमन्त्री आइजी, डिआइजी बढुवा तर्फ लाग्नु लाग्नु हुँदैन : नवराज सिलवाल


खबरस्टोरी संवाददाता
७ असार २०७९, मंगलवार
प्रधानमन्त्री आइजी, डिआइजी बढुवा तर्फ लाग्नु लाग्नु हुँदैन : नवराज सिलवाल
काठमाडौ । एमाले सांसद नवराज सिलवालले प्रहरी संगठन भित्र राजनीति प्रवेश गरेकाले संगठनलाई त्यसले ध्वस्त पारेको आरोप लगाएका छन् ।

 सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयकमाथि बोल्दै उनले राजनीतिक दलले प्रहरीलाई सहि ढंगले काम गर्नै नदिएको बताए । 

‘नेपाल प्रहरीमा अहिले तपाईहरुले जसरी मनखुसी भर्ना गर्नुभएको छ । मनखुसी सरुवा गर्नुभएको छ । मनखुसी आफ्ना मान्छे च्याप्नुभएको छ यसले प्रहरीको मनोवल खस्किएको छ । नेपाल प्रहरीलाई सम्मानित र सफल बनाउनुस् । प्रधानमन्त्रीले एउटा आइजी, एउटा डिआइजी वा एसपी बढुवा गर्नेमा लाग्ने हैन, मुलुकको समृद्धिमा लाग्ने हो प्रधानमन्त्री । गृहमन्त्री ओभरअल हेर्ने हो । एउटा संस्था, एउटा संगठन र एउटा व्यक्तिको के छ कसो छ भनेर सानो सानो कुरालाई हेरेर गएको छ । त्यसले गर्दा नेपाल प्रहरी ध्वस्त भएको छ । गृहमन्त्री यहाँ हुनुहुन्छ, कृपया यो संस्थालाई बचाउनुस् ।’ सिलवालले भने

सांसद सिलवालले गृहमन्त्रीले प्रस्तुत गरेको विधेयक सकारात्मक रहेको बताउँदै प्रहरी संगठनमाथि राजनीतिक दलबाट अत्याचार भएको बताए ।