प्रधानमन्त्री देउवा पत्नी आरजु विरूद्ध आयोगमा उजुरी


खबरस्टोरी संवाददाता
२४ बैशाख २०७९, शनिबार
प्रधानमन्त्री देउवा पत्नी आरजु विरूद्ध आयोगमा उजुरी
काठमाडौ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी नेता आरजुविरुद्ध हरिशप्रसाद अवस्थी नामका मतदाताले उजुरी दिएका हुन्।

बिहीबार आरजुले ’कांग्रेसले नजितेका स्थानीय तहमा पैसा नपठाउने’ भन्दै दिएको अभिव्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको भन्दै अवस्थीले उजुरी दिएका हुन्।

आरजुले गृहजिल्ला डडेल्धुरामा बिहीबार आयोजित चुनावी कार्यक्रममा मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने बताएकी थिइन्।