राजदूत भइ आएका उनले सैनिक मुख्यालय जंगी अड्डामा गई प्रधानसेनापतिसँग शिष्टाचार भेट गरेका थिए ।
प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले विज्ञप्ति मार्फत जनाएको छ ।
नेपाल–भारत सीमामा काँडेतार लगाउनुपर्ने अभिव्यक्ति दिएको चर्चा भएलगत्तै प्रधानसेनापति शर्मालाई भेट्न भारतीय राजदूत श्रीवास्तव शुक्रवार जंगी अड्डा पुगेका हुन् ।
‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।