प्रधानसेनापति र भारतीय राजदूतबीच शिष्टाचार भेट


खबरस्टोरी संवाददाता
२४ असार २०७९, शुक्रबार
प्रधानसेनापति र भारतीय राजदूतबीच शिष्टाचार भेट
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले  शिष्टाचार भेटघाट गरेका छन् । 

राजदूत भइ आएका उनले  सैनिक मुख्यालय जंगी अड्डामा गई प्रधानसेनापतिसँग शिष्टाचार भेट गरेका थिए । 

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले विज्ञप्ति मार्फत जनाएको छ । 

नेपाल–भारत सीमामा काँडेतार लगाउनुपर्ने अभिव्यक्ति दिएको चर्चा भएलगत्तै प्रधानसेनापति शर्मालाई भेट्न भारतीय राजदूत श्रीवास्तव शुक्रवार जंगी अड्डा पुगेका हुन् ।

‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको  छ,’ विज्ञप्तिमा भनिएको छ ।