पूर्वमन्त्री बृजेशकुमार गुप्ता एमाले प्रवेश


खबरस्टोरी संवाददाता
१४ चैत्र २०७८, सोमबार
पूर्वमन्त्री बृजेशकुमार गुप्ता एमाले प्रवेश
काठमाडौं ।  पूर्वमन्त्री तथा सांसद् बृजेशकुमार गुप्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । कपिलवस्तु पुगेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले तौलिहवामा आयोजित कार्यक्रमका बीच उनलाई स्वागत गरेका छन् । 

गुप्तासहित प्रदेश सांसद् धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगरपालिका ४ का वडाअध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय, बुद्धभूमि नगरपालिका(६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका(८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्णनगरका युवा नेता कुनाल प्रताप साहलगायतका नेताकार्यकर्ता नेकपा एमाले प्रवेश गरेका हुन् ।