रञ्जु दर्शना बाँधिइन विवाह बन्धनमा


खबरस्टोरी संवाददाता
२२ बैशाख २०७९, बिहीबार
रञ्जु दर्शना बाँधिइन विवाह बन्धनमा
काठमाडौं– गत स्थानीय निर्वाचनमा काठमाडौं मेयरमा प्रतिस्पर्धा गरेकी रञ्जु दर्शना वैवाहिक जीवनमा बाँधिएकी छिन्। किशु कुइँकेल र दर्शनाबीच बुधबार विवाह भएको हो। गत फागुनमा दर्शना र कुइँकेलले इन्गेजमेन्ट गरेका थिए।

विवेकशील साझा पार्टीमा उनी बागमती प्रदेश संयोजक बनेकी थिइन्। चार वर्ष विवेकशील साझामा आबद्ध उनी पार्टीमा विवाद भएपछि राजीनामा दिएक थिईन् ।