राप्रपाले चार महानगरमा उम्मेदवार टुंग्यायो : काठमाडौंमा कलाकार श्रेष्ठ, वीरगन्जमा पत्रकार गिरिश गिरी


खबरस्टोरी संवाददाता
११ बैशाख २०७९, आईतवार
राप्रपाले चार महानगरमा उम्मेदवार टुंग्यायो : काठमाडौंमा कलाकार श्रेष्ठ, वीरगन्जमा पत्रकार गिरिश गिरी
काठमाडौं ः राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले चार महानगरपालिकाको उम्मेदवार टुंग्याएको छ। 

केन्द्रीय पदाधिकारी बैठकले ६ मध्ये चार महानगरको उम्मेदवार टुंगो लगाएको हो। राप्रपाले काठमाडौं महानगरपालिकामा कलाकार मदनदास श्रेष्ठलाई उम्मेदवार बनाएको छ। त्यसैसरी ललितपुरमा अष्ट महर्जन, वीरगन्जमा पत्रकार गिरिश गिरी, पोखरामा शंकर खराललाई मेयर पदको उम्मेदवार छनोट गरेको हो।

उपमेयरमा विनिता मगैया काठमाडौं, स्वर्णिमा शाक्य ललितपुर, विना जयसवाल वीरगन्ज, रञ्जना सेन पोखरा रहेका छन्। बाँकी २ महानगरको आज अबेरसम्म टुंगो लाग्ने बताईएको छ ।