रेशम चौधरीको उम्मेदवार खारेज


खबरस्टोरी संवाददाता
९ माघ २०८२, बिहीबार
रेशम चौधरीको उम्मेदवार खारेज

काठमाडौं । निर्वाचन आयोगले कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरेको छ ।

विहीबार आयोगले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर जेल सजायसमेत भोगिसकेका चौधरीको उम्मेदवारी खारेज गरिदिएको हो । जिल्ला निर्वाचन अधिकृकतको कार्यालयले बिहीबार वक्तव्य जारी गर्दै नागरिक उन्मुक्ति नेपालका संरक्षक चौधरीको उम्मेदवारी खारेज भएको जानकारी दिएको हो । 

चौधरी कैलालीको टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भई सजाय भोगिरहँदा राष्ट्रपतिबाट माफी मिनाहा भई रिहा भएका थिए । 

चौधरीको सर्वोच्च अदालतको फैसलाबाट जन्मकैदको सजाय भएको देखिएकोले उम्मेदवार खारेज गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उनी ०७९ को चुनावमा पनि बर्दीया क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । त्यस बेला पनि आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।