साढे ४६ लाखभन्दा बढीले लिए स्थायी लेखा नम्बर


खबरस्टोरी संवाददाता
२० बैशाख २०७९, मंगलवार
साढे ४६ लाखभन्दा बढीले लिए  स्थायी लेखा नम्बर
काठमाडौं।  नेपालमा हालसम्म स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको सख्ंया साढे ४६ लाख नाघेको छ । 

अर्थ मन्त्रालयका अनुसार २०७८ चैत मसान्तसम्म कूल ४६ लाख ७४ हजार २०२ जनाले स्थायी लेखा नम्बर लिएका छन् । 

हालसम्म १७ लाख ५३ हजार ६४२ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २९ लाख ४ हजार ७७१ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर र १५ हजार ७८९ जनाले अग्रीम कर कट्टी प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन् ।