सिंहदरबारभित्र रुखको हाँगाले लागेर अनुसन्धान विभागका कर्मचारीको मृत्यु


खबरस्टोरी संवाददाता
५ जेष्ठ २०७९, बिहीबार
सिंहदरबारभित्र रुखको हाँगाले लागेर अनुसन्धान विभागका कर्मचारीको मृत्यु
काठमाडौं। सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीको मृत्यु भएको छ । बुधवार साँझ आएको हावाहुरीको कारण भाँचिएको हाँगोले लागेर २७ वर्षीय सूचक विजय कार्कीको मृत्यु भएको हो ।

रुखको हाँगाले लागेर पाल्पा घर भएका २७ वर्षीय सूचक गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएको थियो। उपचारको क्रममा राति ११ बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

हाल कार्कीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।