स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते


खबरस्टोरी संवाददाता
२३ असार २०७९, बिहीबार
स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते
 काठमाडौँ । सिरहामा स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

जिल्लाको सिरहा नगरपालिका–१२ स्थित बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस आज बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका आठ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा लगिएको छ । घाइतेहरुको  अवस्था भने खतरामुक्त रहेको बताईएको छ।