सम्पर्कविहीन विमान मानापाथी हिमालतर्फ रहेको आशंका, खोजी क्रम जारी


खबरस्टोरी संवाददाता
१५ जेष्ठ २०७९, आईतवार
सम्पर्कविहीन विमान मानापाथी हिमालतर्फ रहेको आशंका, खोजी क्रम जारी
काठमाडौं । जोमसोमका लागि पोखराबाट बिहान ९:५५ बजे उडेको तारा एयरको १९७ नम्बरको ९ एनएईटी रजिस्ट्रेसन भएको जहाज सम्पर्कविहीन बनेपछि खोजीका लागि गएको टोली मानापाथी हिमालतर्फ जाने भएको छ । थासाङ गाउँपालिकाको लेतेमा जहाजको खोजी गर्दा नभेटिएपछि टोली त्यहाँबाट मानापाथीतर्फ हिँड्न लागेको हो ।

धौलागिरी र मानापाथी हिमालको फेदतिर जहाज खसेको हुन सक्ने अनुमान गरिएको छ । यसअघि लेते क्षेत्रबाट सम्पर्कविहीन भएको हुनसक्ने आशंकाले त्यहाँ प्रहरी, सेना, सशस्त्रको टोलीले खोजी गरेको थियो । तर,पा त्यस क्षेत्रमा पनि जहाजको कुनै अवशेष नपाइएपछि टोली धौलागिरी र मानापाथी हिमालतर्फ जान लागेको थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमालले बताए ।

उनले भने, ‘मौसममा सुधार आयो भने हेलिकोप्टरबाट खोज्न जाँदा केही भेटिन्छ छ ।’