धौलागिरी र मानापाथी हिमालको फेदतिर जहाज खसेको हुन सक्ने अनुमान गरिएको छ । यसअघि लेते क्षेत्रबाट सम्पर्कविहीन भएको हुनसक्ने आशंकाले त्यहाँ प्रहरी, सेना, सशस्त्रको टोलीले खोजी गरेको थियो । तर,पा त्यस क्षेत्रमा पनि जहाजको कुनै अवशेष नपाइएपछि टोली धौलागिरी र मानापाथी हिमालतर्फ जान लागेको थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमालले बताए ।
उनले भने, ‘मौसममा सुधार आयो भने हेलिकोप्टरबाट खोज्न जाँदा केही भेटिन्छ छ ।’