सिन्धुलीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता
३१ बैशाख २०७९, शनिबार
सिन्धुलीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं।  सिन्धुलीको दुधौली नगरपालिका–३ चारघरेमा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ६० वर्षीया आइतमाया सार्की रहेकी छन् ।  दुर्घटनामा गम्भीर घाइते भएकी सार्कीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य चौकी सिर्थौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकलमै सवार घाइते भएकी दुर्गामाया भुजेलको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । तीन जना सवार रहेको नम्बर नखुलेको मोटरसाइकल हिजो साँझ सवा ५ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो । 

मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ ।