सार्वजनिक सवारी साधनको भाडा घट्यो


खबरस्टोरी संवाददाता
२० जेष्ठ २०७९, शुक्रबार
सार्वजनिक सवारी साधनको भाडा घट्यो
काठमाडौं।  नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मुल्यमा १० रुपैयाँ घटाएसँगै यातायात व्यावस्था विभागले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घटाएको छ । 

 नेपाल आयल निगमले बिहीबार मात्रै पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएको थियो । यात्रुबाहक सवारीमा २ प्रतिशतले मूल्य घटेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाह सवारीको भाडा २.६ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.९ प्रतिशतले घटेको हो । 

सरकारले सार्वजनिक सवारीको भाडादर स्वचालित आधारमा व्यवस्था गर्दै आएको छ । इन्धनको मूल्य ५ प्रतिशतले बढेमा वा घटेमा विभागले सवारीको भाडादर समायोजना गर्दै आएको छ ।