संसद् बैठक आज बस्दै


खबरस्टोरी संवाददाता
१४ जेष्ठ २०७९, शनिबार
संसद् बैठक आज बस्दै
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो ।

बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र÷०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन् ।