साताको दुई दिन बिदा दिने सरकारको निर्णय (पत्रसहित)


खबरस्टोरी संवाददाता
१४ बैशाख २०७९, बुधबार
साताको दुई दिन बिदा दिने सरकारको निर्णय (पत्रसहित)
काठमाडौ । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। निर्णयअनुसार अब शनिबार र आइतबार दुई दिन बिदा हुनेछ। अरू दिन कार्यालयहरू  बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन्।

पेट्रोलियम पदार्थको महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो।