सुदूरपश्चिममा जसपा सत्ता गठबन्धनबाट बाहिरियो


खबरस्टोरी संवाददाता
२७ चैत्र २०७८, आईतवार
सुदूरपश्चिममा जसपा सत्ता गठबन्धनबाट बाहिरियो
धनगढी। केन्द्रिय स्तरमा गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा भने गठबन्धन तोड्ने निर्णय गरेको छ। 

प्रदेश सरकारलाई समर्थन दिँदै आएको जसपाले प्रदेश सरकारमा तीन दलको मात्रै प्रतिनिधित्व गरिएको भन्दै समर्थन फिर्ता गर्दै गठबन्धन तोड्ने भएको हो। जसपाबाट प्रदेशसभामा एक जनाको प्रतिनिधित्व रहेको छ।शुक्रबार सुदूरपश्चिम सरकार पुनर्गठन हुँदा कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री थपिएका छन्। तर, जसपालाई सहभागी गराइएको छैन। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै जानकारी नै नदिई कांग्रेसलाई सरकारमा सहभागी गराउँदा जसपाले अपमान भएको महसुस गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।