सवारी साधनको ठक्करबाट चितवनमा एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता
२५ बैशाख २०७९, आईतवार
सवारी साधनको ठक्करबाट चितवनमा  एक जनाको मृत्यु
काठमाडौं। चितवनको भरतपुर महानगरपालिका–१० मा गएराती सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय दिपक सुनार रहेका छन् । गएराती साढे ११ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा मृत्यु भएको हो । 

सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।