स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटना, विस्तृत विवरण आउन बाँकी


खबरस्टोरी संवाददाता
३० बैशाख २०७९, शुक्रबार
स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटना, विस्तृत विवरण आउन बाँकी
काठमाडौं।  स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटना भएको छ । दुर्घटनामा परी मानवीय क्षति भएको छ । घटनाकाे विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको हो । सडकदेखि अन्दाजी पाँच सय मिटर तल जीप खसेको हो । दुर्घटनामा परेकाहरूलाई उद्धार गरेर वालिङमा रहेका स्वास्थ्य संस्थाहरूमा ल्याइँदै गरिएको खनालले बताए ।