तारा एयर दुर्घटनाकाे सम्भावित ठाउँ पहिचान


खबरस्टोरी संवाददाता
१५ जेष्ठ २०७९, आईतवार
तारा एयर दुर्घटनाकाे सम्भावित ठाउँ पहिचान
काठमाडौं। पोखराबाट जोमसोमका लागि उडेको वेपत्ता तारा एयरको विमान खोजी गर्दा अझै भेटिन सकेको छैन । खोजीका क्रममा पाइलटको मोबाइलमा कल गर्दा घन्टी बजेको छ । 

त्यसपश्चात सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानबारे सम्भावित दुई ठाउँको पहिचान भएको छ । जहाज मुस्ताङको टिटी लेक वरपर र लार्जुङ क्षेत्रलाई सम्भावित क्षेत्र मानेर खोजी गर्ने तयारी भइरहेको  म्याग्दीका प्रहरी नायव उपरीक्षक डीएसपी तिलक भारतीले खबरस्टोरीलाई बताए । 

त्यस्तै जिल्ला प्रशासन कार्यालय मुस्ताङले अहिले मौसममा केही सुधार आएकाले खोजीका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको जनाएको छ । बिहानैदेखि सम्पर्कविहीन भएको जहाज खोज्न मौसम खराबी कारण हेलिकोप्टर परिचालन गर्न सकिएको थिएन ।

अहिले नेपाली सेनाको र निजी कम्पनीका हेलिकोप्टर परिचालन गरेर खोज्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले  जनाएको छ ।