त्रिभुवन विमानस्थलको रनवेमा मान्छे देखेपछि, विमानले २० मिनेट आकाशमै फन्को मार्यो


खबरस्टोरी संवाददाता
१३ असार २०७९, सोमबार
त्रिभुवन विमानस्थलको रनवेमा मान्छे देखेपछि, विमानले २० मिनेट आकाशमै फन्को मार्यो
काठमाडौँ।  कुवेतबाट नेपाल आएको जजिरा एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बेला रनवेमा मान्छे हिँडिरहेकाे देखेपछि पाइलटले विमान पुनः करिब २० मिनेट काठमाडौँको आकाशतिरै उडाउन बाध्य भए।

आइतबार बिहान करिब ३ः२० मा कुवेतबाट १०७ यात्रु लिएर नेपाल आएको जजिरा एयरलाइन्सको जे ९५४१ विमान अवतरणका क्रममा विमान स्थलमा मान्छे हिँडिरहेको देखेपछि पाइलटले तत्काल आकाशतिर फर्काएर विमान दुर्घटना हुनबाट बचाएका हुन्।

विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक प्रेमनाथ ठाकुरले भने,‘ यो सामान्य प्रकृतिकै घटना हो। आगामी दिनमा यस्तो नहोस् भन्नको लागि बैठक राखेर कर्मचारीलाई सचेत गराउँछौँ।’