ट्रक दुर्घटना, ५ जनाको मृत्यु


खबरस्टोरी संवाददाता
२ माघ २०८२, बिहीबार
ट्रक दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । सुनसरीको भोक्राह नरसिंह गाउँपालिका अन्तर्गत हुलाकी राजमार्गमा ट्रक बिहीबार पल्टिदा ५ जनाको मृत्यु भएको छ ।

विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ ख ४५४१ नम्बरको ट्रक दुर्घटनामा परी अन्य ३ जना घाइते भएको प्रहरीले बताएको हो। मृत्यु हुनेमा सुनसरी बर्जु–१ का एकै बस्तीका ५ जनाको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

बर्जुका ३२ वर्षीय वीरेन्द्र गुरुङ, सोही ठाउँका ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको प्रहरीले बताएको हो ।

ट्रकमा अगाडिको क्याबिनमा चालकसहित ४ जना पछाडि ५ जना रहेका थिए । जसमा पछाडि बसेका ५ जनाको मार्बलले किचेर मृत्यु भएको हो । क्याबिनमा बसेका ३ जना घाइतेको विराटनगर नसिंह होममा उपचार भइरहेको छ । चालक भने फरार रहेको प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।