दुई वर्षपछि बुद्ध एयरले फेरि सुरु गर्‍यो काठमाडौँ-बनारस उडान


खबरस्टोरी संवाददाता
९ जेष्ठ २०७९, सोमबार
दुई वर्षपछि बुद्ध एयरले फेरि सुरु गर्‍यो काठमाडौँ-बनारस उडान
काठमाडौँ। बुद्ध एयरले आज सोमबारबाट काठमाडौँ-बनारस पुनः नियमित उडान सुरु गरेको छ। पहिलो दिनमै जाँदा ४४  जना र फर्किँदा ३९ जना यात्रुलाई सेवा दिएको समेत कम्पनीले जनाएको छ।

दुई वर्ष कोभिड-१९ महामारीपछि सोमबार काठमाडौंबाट बनारसमा पहिलो उडान भएको हो।

अब सातामा दुई दिन- सोमबार र शुक्रबार काठमाडौँदेखि बनारससम्मको उडान हुनेछ।