दाङको तुलसीपुर–१७ मा आज मतदान हुँदै


खबरस्टोरी संवाददाता
३ जेष्ठ २०७९, मंगलवार
दाङको तुलसीपुर–१७ मा आज मतदान हुँदै
दाङ । तुलसीपुर उपमहानगरपालिका–१७ मा मतदान हुँदैछ। मंगलवार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन कार्यालय तुलसीपुरले जनाएको छ।

नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएकाले वैशाख ३० गतेको मतदान स्थगित भएको थियो। मतदानका लागि जनकल्याण माध्यमिक विद्यालय दुधरास र  दीपेन्द्र माध्यमिक विद्यालय मानपुरमा मतदान केन्द्र तोकिएको छ।

वडाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका थलराज पुरी, एमालेबाट प्रदीप चौधरी र स्वतन्त्र उम्मेदवार डिल्लीराज शर्मा प्रत्यासी छन्। एमालेले लवरु चौधरीको निधनपछि उनको छोरा प्रदीपलाई उम्मेदवार बनाएको छ। 

वडा नम्बर १७ मा ६ हजार १७० मतदाता रहेका छन्।