दाङमा कारले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु


खबरस्टोरी संवाददाता
२७ असार २०७९, सोमबार
दाङमा कारले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
काठमाडौँ। दाङको घोराही उपमहानगरपालिका–१० मा गएराती कारले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय २४ वर्षीय देवराज चौधरी रहेका छन् । कारको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

बागमती प्रदेश ०१ ०२५ च ७७६४ नम्बरको कारले गएराती पौने १० बजे चौधरीलाई  ठक्कर दिएको थियो । 

दुर्घटनामा संलग्न कार सहित चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय नारायणपुर दाङले जनाएको छ ।