देशभर ५२९२ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु


खबरस्टोरी संवाददाता
१७ माघ २०७८, सोमबार
देशभर ५२९२ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौं । आज देशभर ५ हजार २ सय ९२ जना नयाँ कोरोना संक्रमण थपिएका छन् ।पछिल्लो २४ घण्टामा १६ हजार ८८ जनाको परीक्षणका क्रममा सो संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ,भने आज देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ ।

पछिल्लो २४ घण्टाको अवधिमा देशभरबाट ८ हजार १ सय ९१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।