५ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र


खबरस्टोरी संवाददाता
२९ चैत्र २०७८, मंगलवार
५ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

राष्ट्रपति भवन, शीतल निवासमा अष्ट्रिया, हङ्गेरी, अर्जेन्टिना, क्यानडा र डोमिनिकन गणतन्त्रका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। प्रमाणपत्र बुझाउनेमा अस्ट्रियाका क्याथरिना विजर, हंगेरीका आन्द्रेस लाज्लो किराली, अर्जेन्टिनाका ह्युगो हाभियर गोबी, क्यानडाका क्यामरुन डीन म्याके र डोमिनिकनका डेभिड पुइग छन्।उनीहरू सबै भारतका लागि सम्बन्धित देशका आवसीय राजदूत हुन्।