देउवा भारतबाट फर्कंदा २५ मिनेट काठमाडौं विमानस्थल बन्द हुने


खबरस्टोरी संवाददाता
२१ चैत्र २०७८, सोमबार
देउवा भारतबाट फर्कंदा २५ मिनेट काठमाडौं विमानस्थल बन्द हुने
काठमाडौं। तीन दिने भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेपालस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको बेला २५ मिनेट सबै खालका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु अवरुद्ध हुने भएको छ।

विमानस्थलका अनुसार ६ बजेदेखि ६ बजेर २५ मिनेट जाँदासम्म विमानस्थल बन्द हुनेछ।नेपाल एयरलाइन्सको जहाजमार्फत भारत भम्रणमा गएका प्रधानमन्त्री देउवा आइतबार नेपाल फर्कंदै गर्दा विमानस्थलका सबै उडान बन्द हुने भएको हो।भीभीआईपी उडान समयमा नोटाम जारी गरिएको विमानस्थल कार्यालयले जनाएको छ।