धोबीखोलाको पुलमुनी पुरुषको शव भेटियो


खबरस्टोरी संवाददाता
२४ जेष्ठ २०७९, मंगलवार
धोबीखोलाको पुलमुनी पुरुषको शव भेटियो
काठमाडौं । काठमाडौंको कपनस्थित ढलाने पुलमुनी धोबिखोलामा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । मंगलबार बिहान साढे ८ बजेतिर स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । गोपीकृष्ण हलबाट अगाडि निलो पुल पुग्नुअघि नवनिर्मित ढलाने पुलमुनिको खोलामा शव भेटिएको प्रहरीले जनाएको छ । शवको सनाखत भइसकेको छैन ।

घटनास्थलमा अपराध महाशाखाको टोली पुगेको छ ।