धरानको मेयरमा स्वतन्त्रका उम्मेदवार साम्पाङ २२ मतले पछाडि !


खबरस्टोरी संवाददाता
४ जेष्ठ २०७९, बुधबार
धरानको मेयरमा स्वतन्त्रका उम्मेदवार साम्पाङ २२ मतले पछाडि !
धरान । स्थानीय तह निर्वाचनअन्तर्गत सुनसरीको धरान उपमहानगरपालिका प्रमुखको दौडमा स्वतन्त्र तर्फका उम्मेदवार हर्क साम्पाङ झिनो मतान्तरले पछाडि देखिएका छन् ।

पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार साम्पाङले सात हजार ९४२ पाएका छन् भने सत्तारूढ गठबन्धनका उम्मेदवार किशोर राईले सात हजार ९६४ पाएका छन्, साम्पाङले मतान्तर घटाएर २२ मा झारेका छन्।

यस्तै, उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघाले आठ हजार ९७३ मतसहित अग्रता बनाउँदा एमालेका पदम इस्वोले आठ हजार ६२३ मत पाएका छन्।