उपत्यकामा सार्वजनिक यातायातकोे भाडा बढ्यो, के कति ?(सूचीसहित)


खबरस्टोरी संवाददाता
२६ चैत्र २०७८, शनिबार
उपत्यकामा सार्वजनिक यातायातकोे भाडा बढ्यो, के कति ?(सूचीसहित)
काठमाडौं । बैशाख १ गतेदेखि लागू हुने बागमती सरकारले प्रदेशभित्र चल्ने छोटो दुरीका सार्वजनिक सवारीसाधनको भाडा दर बढाएको छ । नयाँ भाडादरअनुसार पाँच किलोमिटरको यात्रा गर्दा २० रुपैयाँ १० किलोमिटरसम्म २५ रुपैयाँ १५ किलोमिटरसम्म ३० र २० किलो मिटरसम्म ३३ रुपैयाँ तिर्नुपर्ने छ । यस्तै ट्याक्सीको पनि भाडा बढेको छ।

जारी एक सुचनामा भनिएको छ,‘ २०७९र०१र०१ देखि लागू हुने गरी बागमती प्रदेश भित्र सधानल हुने सार्वजनिक सवारी साधनको भाडादर देहाय अनुसार हुने गरी यस मन्त्रालयको मिति २०७८र१२र२४ (माननीय मन्त्रीस्तर) को निर्णयानुसार समायोजन गरिएको छ। साथै पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा वढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधनको भाडा समायोजन हुनेछ।’