विमान दुर्घटना अपडेटः प्रहरीको पैदल टोली घटनास्थल पुग्यो


खबरस्टोरी संवाददाता
१६ जेष्ठ २०७९, सोमबार
विमान दुर्घटना अपडेटः प्रहरीको पैदल टोली घटनास्थल पुग्यो
काठमाडौं । सेनाको हेलिकोप्टर पुग्न समस्या भएको तारा एयरको ट्वीनअटर जहाज दुर्घटनास्थलमा प्रहरीको पैदल टिम पुगेको छ । 

सैनिक प्रवक्ता नारायणप्रसाद सिलवालले विमान दुर्घटनाग्रस्त भएको क्षेत्रमा प्रहरी निरीक्षक मङ्‍गल श्रेष्ठसहित पथप्रदर्शक पुगेको जानकारी दिए । 

सिलवालकाअनुसार विभिन्न निकायका उद्धार समूहका सदस्यहरू पनि दुर्घटनाग्रस्त क्षेत्रम पुग्ने प्रयास गरिरहेका छन् । 

मुस्ताङको थासाङ– २ को कोबाङ भीरमा दुर्घटनाग्रस्त भएको सोमवार विहान सेनाले भेटाएको हो । 

दुर्घटनाग्रस्त क्षेत्रमा सेनाको हेलिकोप्टर जान भने समस्या भएको छ । हेलिकोप्टर जान नसकेपछि ६५ जनाको उद्धार टोली पैदलबाट गइरहेको छ । 

दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव  संकलन गरिरहेका छन् । जहाजमा आगो नलागेको उनीहरुले बताएका छन् । स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए ।