सैनिक प्रवक्ता नारायणप्रसाद सिलवालले विमान दुर्घटनाग्रस्त भएको क्षेत्रमा प्रहरी निरीक्षक मङ्गल श्रेष्ठसहित पथप्रदर्शक पुगेको जानकारी दिए ।
सिलवालकाअनुसार विभिन्न निकायका उद्धार समूहका सदस्यहरू पनि दुर्घटनाग्रस्त क्षेत्रम पुग्ने प्रयास गरिरहेका छन् ।
मुस्ताङको थासाङ– २ को कोबाङ भीरमा दुर्घटनाग्रस्त भएको सोमवार विहान सेनाले भेटाएको हो ।
दुर्घटनाग्रस्त क्षेत्रमा सेनाको हेलिकोप्टर जान भने समस्या भएको छ । हेलिकोप्टर जान नसकेपछि ६५ जनाको उद्धार टोली पैदलबाट गइरहेको छ ।
दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव संकलन गरिरहेका छन् । जहाजमा आगो नलागेको उनीहरुले बताएका छन् । स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए ।