विप्लव नेतृत्वको अखिल क्रान्तिकारीको महासचिवमा विक चयन


खबरस्टोरी संवाददाता
१४ असार २०७९, मंगलवार
विप्लव नेतृत्वको अखिल क्रान्तिकारीको महासचिवमा विक चयन
काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को महासचिवमा ललित विक चयन भएका छन् । 

संगठनको चौंथो पूर्ण बैठकले विकलाई महासचिवको जिम्मेवारी दिएको हो । संगठनले बैठकबाट सचिवको जिम्मेवारी प्रकाश जप्रेल र कोषाध्यक्षको जिम्मेवारी प्रतिमा चौधरीलाई दिने निर्णय गरेको छ ।