वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार सिंह एमालेभन्दा दोब्बर मतले अगाडि


खबरस्टोरी संवाददाता
२ जेष्ठ २०७९, सोमबार
वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार सिंह एमालेभन्दा दोब्बर मतले अगाडि
काठमाडौँ । वीरगञ्ज महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार जसपाका राजेशमान सिंह एमालेका उम्मेदवार विजयकुमार सरावगी भन्दा दोब्बर मतले अगाडि देखिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार सिंहले चार हजार एक सय ७५ मत प्राप्त गरेका छन्।  एमालेका सरावगीले एक हजार आठ सय ८४ मतसहित सिंहलाई पछ्याइरहेका छन्। राप्रपाले अहिलेसम्म प्रमुखमा एक सय ३४ मत मात्रै प्राप्त गरेको छ। 

उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले दुई हजार आठ सय १६ मत प्राप्त गर्दा लोसपाका उम्मेदवारले चार सय ६३ मत प्राप्त गरेका छन्।