यसरी मनाइयाे इदउल फित्र (फाेटाेफिचर)


खबरस्टोरी संवाददाता
२० बैशाख २०७९, मंगलवार
यसरी मनाइयाे इदउल फित्र (फाेटाेफिचर)
काठमाडौँ। अरबी पात्रो हिजरी संवत्अनुसार दशौं महिना सौवाल को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाएका छन् ।

दशौं महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन पनि छ ।


खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । नवौं महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो ।


त्यस्तै सरकारले आज इदउल फित्रको अवसरमा सार्वजनिक बिदा पनि दिएकाे छ ।


तस्बिर : माेहम्मद हबिब