अध्ययनका लागि विदेश जान रोकिएकाले मन्त्रालयमा निवेदन दिनुपर्ने
खबरस्टोरी संवाददाता
२१ चैत्र २०७८, सोमबार
काठमाडौं । कोरोनाले गर्दा विदेशमा पढ्न जान रोकिएका विद्यार्थीहरूले अवको ४ दिनभित्र अर्थात चैत २५ भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा यथार्थ विवरणसहित निवेदन दिएमा सरकारले त्यसको पहल गर्ने भएको छ ।
कोरोना महामारी र लकडाउनका कारण चीनलगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए। कोरोना र लकडाउनले पढाइलाई निरन्तरता दिन नपाएका विद्यार्थीहरूलाई मन्त्रालयले निवेदन दिई सम्पर्कमा आउन भनेको छ।